
प्रहरीले बिहीबार नागढुंगास्थित चेकप्वाइन्टबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
सिराहाबाट काठमाण्डौँतर्फ आउँदै गरेको बा ७ ख ५८६४ नम्बरको यात्रुबाहक बस चेक जाँच गर्ने क्रममा उक्त बसको क्याबिनमा यात्रा गरी आएका सिरहाको कर्जना नगरपालिका ९ घर भएका १९ वर्षीय राहुल कुमार पासवानलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले कालो रंगको झोला भित्र लुकाई छिपाई ल्याएको नियन्त्रित लागुऔषध ल्याएका थिए ।
निज उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।