१५ असार २०८३, सोमबार

दुर्घटनामा १७ यात्रु घाइते, स्कुटरलाई ठक्कर दिएपछि बस खोल्सामा खस्यो

मंसिर ११, २०७७
दुर्घटनामा १७ यात्रु घाइते, स्कुटरलाई ठक्कर दिएपछि बस खोल्सामा खस्यो
फाइल तस्बिर

तनहुँमा भएको दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका ३ खहरे स्थित पृथ्वी राजमार्ग सडकमा म्याग्दीबाट  भैरहवा तर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई ठक्कर दिई बस अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा बसमा सवार रहेका १४ जना यात्रु र स्कुटरमा सवार रहेका बच्चा सहित ३ जना गरी १७ जना घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।
घाइतेहरुको आबुखैरेनी हाड जोर्नी अस्पताल र  भरतपुर   मेडिकल कलेजमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्