०५ असार २०८३, शुक्रबार

कम नम्बर आएको भन्दै १२ विद्यार्थीले गरे आत्महत्या

कात्तिक २०, २०७४
कम नम्बर आएको भन्दै १२ विद्यार्थीले गरे आत्महत्या

मध्य प्रदेशमा कक्षा दश र कक्षा १२ को रिजल्ट सार्वजनिक भएसँगै असफल भएकामध्ये १२ छात्र–छात्राले आत्महत्या गरेका छन् ।

यस नतिजाको घोषणा शुक्रबार गरिएको थियो । मृतकमध्ये १२ बच्चामा एक भाई बहिनी पनि रहेका छन् । साथै भोपालको एक छात्र पनि छन् जसले कमसेकम ९० प्रतिशत अंक आउने आशा थियो ।

राज्य विधानसभामा सरकारको तर्फबाट पेश गरिएको भएपनि पछिल्लो पाँच वर्षको आकडा हेर्दा ६५८ बच्चाले अत्महत्या गरिसकेका छन् ।

पछिल्लो सालको परिणाम आएपछि ३९ बच्चाले आफ्नो ज्यान दिएको थियो । यस पटक रिजल्ट सार्वजनिक भएपछि आत्महत्या गर्न विद्यार्थीहरुले फरक फरक तरिका अपनाएका थिए । कसैले विष पिएका छन् भने एक छात्राले ट्रेनमा काटिएर आफ्नो ज्यान दिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्