०८ असार २०८३, सोमबार

तीन हजार ३ सय किमी सडक आवधिक मर्मत गरिने

मंसिर १२, २०७७
तीन हजार ३ सय किमी सडक आवधिक मर्मत गरिने
सांकेतिक तस्वीर

सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो ।  

आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको  विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए ।

उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ । उनले भने, “सडकअनुसार फरकफरक किमीको मर्मत चाहिन सक्छ ।”

सडक बोर्ड नेपालले वार्षिकरूपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो । सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताए ।

सामान्यतया सडक निर्माण गरिएको पाँच/छ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो ।

अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन–नागढुंगा सडक, कमला–ढल्केबर सडकलगायत छन् । 

स्थानीय स्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरूले गर्नेछन् ।

गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ । यसको लागत झण्डै रु आठ अर्ब रहनेछ । रासस

salt training

कमेन्ट गर्नुहोस्