०८ साउन २०८३, शुक्रबार

चीनको नयाँ वमवर्षक विमान अमेरिकी सैन्य अड्डाका लागि खतरनाक भएको दाबी

मंसिर १०, २०७७
चीनको नयाँ वमवर्षक विमान अमेरिकी सैन्य अड्डाका लागि खतरनाक भएको दाबी

चीनले बनाएको नयाँ वमवर्षक विमान एच–२० ले चिनियाँ भूमिभन्दा निकै पर रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्न सक्ने क्षमता रहेको हुन सक्ने बेलायतको एक थिंकट्यांकको प्रतिवेदनमा दाबी गरिएको छ । 

लामो दूरीको सबसोनिक युद्धविमान चीनले हालैका वर्षमा विकसित गरेको सबभन्दा गोप्य सैन्य परियोजना हो र यसको निर्माण जारी छ । 

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले यो वमवर्षक विमानको दायरा ५ हजार माइलभन्दा बढी भएको र यसले गुआम जस्ता अमेरिकी भूमिलाई समेत आक्रमण गर्न सक्ने विश्वास गरेको छ । अन्य सैन्य विश्लेषकहरूले त झन् एच–२० को दायरामा अमेरिकी राज्य हवाई समेत परेको बताएका छन् ।

लन्डनमा रहेको रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटले चीनलाई एच–२० ले साँच्चिकै अन्तर्महादेशीय शक्ति प्रदर्शनको क्षमता दिएको र आफ्नो सामुद्रिक क्षेत्रभन्दा निकै टाढासम्म मार हान्न सक्ने बनाएको भनी दाबी गरेको छ । 

‘आणविक र परम्परागत क्षेप्यास्त्रहरू जडिएको एच–२० ले जनमुक्ति सेनाको वायुसेनाको हतियार क्षमतालाई निकै अघि बढाउने देखिन्छ,’ स्वतन्त्र थिंकट्यांकले ताजा अध्ययनमा दाबी गरेको छ । 

चाइना मिलिटरी पावर रिपोर्ट २०२० मा अमेरिकाको रक्षा मन्त्रालयले एच–२० को दायरा कम्तीमा ८५ सय किलोमिटर रहेको उल्लेख गरेको छ । 

चिनियाँ भूमिबाट २ हजार माइल पर रहेको अमेरिकी रणनीतिक भूमि गुआममा रहेको अमेरिकी सैन्य अड्डालाई पनि यसले सजिलै तारो बनाउन सक्छ । 

चिनियाँ सेनाले हवाईलाई एच–२० को तारो बनाउन चाहेको अन्य विज्ञले संकेत दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्