२३ असार २०८३, मंगलबार

सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

मंसिर १२, २०७७
सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

 सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

झुम्सा–दोभान खण्डमा सडक कालोपत्रे गर्नका लागि आउँदो आइतबार (मंसिर १४ गतेदेखि) मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

बिहान १०ः३० देखि १२ः३० बजेसम्म, दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए । ती समयबाहेक अन्य समयमा भने, सवारी साधन यथावत सञ्चालन हुनेछन् ।

घुम्तीका कारण अत्यधिक दुर्घटना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने कामलाई अगाडि बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्