
डोटीमा भएको आगलागीबाट एक घर खरानी भएको छ । जिल्लाको सायल गाउँपालिका–६ का लालबहादुर खड्काको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
र चिसो बढेपछि घरको आँगनमा शुक्रबार साँझ बालिएको आगो हावाले छानामा लगेपछि आगो सल्किएको थियो ।
आगलागीबाट रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।