
ताप्लेजुङको पाथीभरा दर्शन आएकी एक महिला तीर्थयात्रीको आज मृत्यु भएको छ । विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई निधन भएको हो ।
मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उनलाई बोकेर केही घण्टामा काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले जानकारी दिए ।
तीस वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा आएकी थिइन् ।