
काठमाडौं, ३१ वैशाख — उत्तरी कश्मीरको वारिपोरा गाउँमा भारतीय सुरक्षाकर्मी र लश्कर–ए–तैयबाका आतंकवादीबीच आइवार साँझ भएको भिडन्तमा परी दुई आतंकवादी मारिएका छन् ।

‘दुई आतंकवादीहरू गाउँमा एक घरमा लुकिरहेका रहेछन् । प्रहरी र २१ राष्ट्रिय राइफल्सको संयुक्त टोली उनीहरू लुकेको ठाउँमा पुगेपछि लुकिरहेका आतंकवादीले गोली चलाए अनि दोहोरो भिडन्त भयो,’ एक प्रहरी अधिकारीले भने, ‘दुवै आतंकवादीलाई गोली हानी मारियो ।’
‘उक्त कारवाहीमा कुनै पनि सुरक्षाकर्मी र नागरिक मारिएका छैनन्,’ उक्त अधिकारीले बताए ।
एजेन्सी