
कोरोना भ्याक्सिन बनाएको रुसले आफ्ना ४ लाख सैन्य कर्मचारीलाई खोप दिने भएको छ । रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बताएका हुन् ।
राष्ट्रपति कार्यालयको निर्देशन बमोजिम सरकारले सैन्य कर्मचारीहरुलाई खोप दिने तयारी गरिरहेको रक्षा मन्त्रालयको बोर्ड बैठकमा उनले बताए । उनका अनुसार हाल २ हजार ५०० जनालाई खोप लगाइसकिएको अवस्था पनि छ ।
रुसले कोरोनाभाइरसविरुद्ध दुई खोप बनाएको छ । एउटाको नाम स्पुतनीक पाँच हो भने अर्को खोपको नाम इपिभ्याककोरोना हो ।