०१ साउन २०८३, शुक्रबार

जर्मनीमा कति पुगे कोभिड संक्रमित ?

मंसिर १२, २०७७
जर्मनीमा कति पुगे कोभिड संक्रमित ?

जर्मनीमा शुक्रबारसम्ममा  कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको त्यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ ।

विगत २४ घण्टामा जर्मनीमा सङ्क्रमितको सङ्ख्या २२ हजार ८०६ वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ४२६ विरामीको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित १५ हजार ५८६ जनाको मृत्यु भएको हो ।

जर्मनीमा सर्दी याम बढेसँगै कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि संघीय तथा राज्य सरकारले देशका विभिन्न भागमा जारी आंशिक लकडाउनलाई आगामी डिसेम्बर २० सम्म लम्बाउने घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्