
जाडो महिनामा तपाइ हाम्रो ओठ फुट्ने समस्या हुन्छ । डाक्टरहरुले पानीको कमीले गर्दा जाडोमा ओठ फुट्ने बताउछन् ।
हामीले जाडो महिनामा पानी खान कम गर्छौं जसले गर्दा पानीको कमीले ओठ फुट्ने समस्या हुन्छ । यदि तपाई तपाईलाई जाडोमा ओठको सुन्दरता र मुलायम ओठ बनाउनको लागि धेरै पानी पिउनुका साथै तलको घरेलु उपायहरु पनि अपनाउनुहोस्
पानी र फलफूल
तपाइ हरुको छाला जस्तै ओठलाई सुन्दर, चम्किलो र मुलायम राख्नकोलागि धेरै भन्दा धेरै पानी पिउनुहोस् । यसका साथै फलफुल र हरियो सागपात खानुहोस् ।
ग्लिसिरिन
ओठ र शरीरको छाला फुट्न बाट बचाउनको लागि घरेलु उपचारको रुपमा ग्लिसीरीनलाई लिन सकिन्छ । यसलाई आफ्नो ओठमा र यसको वरपर लगाएर राती सुत्ने र विहान उठेर धुन सकिन्छ । ओठमा ग्लिसीरीन लगाएर लिपिस्टीक लगाउँदा पनि ओठ फुट्न बाट जोगाउन सकिन्छ ।
नौनी घ्यू र नरिवलको तेल
जाडो महिनामा ओठ सुख्खा र फुट्नबाट बचाउनको लागि अर्को घरेलु उपायको रुपमा नौनी घ्यू र नरिवलको तेललाई प्रयोग गर्न सकिन्छ । नौनी घ्यू र नरिवलको तेलमा छालालाई चाहिने पोषण र पानी दुवै हुने भएकाले यसले ओठ फुट्न बाट बचाउँछ । र बेलुका सुत्नुभन्दा अगाडि नरिवलको तेल लगाएर सुत्न सकिन्छ जसले गर्दा छाला र ओठ सुख्खा हुनबाट जोगाउँछ ।
लिप बाम
मेकअफ विशेषज्ञका अनुसार लिप बामको प्रयोग गर्दा पनि ओठलाई सुख्खा हुनबाट बचाउन सकिन्छ । ओठ र छालालाई फुट्नबाट जोगाउनको लागि एन्टी अक्सीडेटको आवश्यकता पर्ने भएकाले लिप बाम, डेड छालालाई सफा गर्दा पनि फुट्बाट जोगाउन सकिन्छ ।
यसका अलवा तपाईले मह र चिनीको लेप लगाएर पनि ओठ र छाला सुख्खा हुनबाट बचाउन सक्नुहुने छ ।