कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
एउटा असल सिद्धहस्त हाँस्यव्यंग्य निबन्ध लेखकले हाँस्यव्यंग्यपरक उपन्यास लेख्नु आफैंमा सुखद् पक्ष मान्नुपर्छ । ‘पसिनाका पाइला’ हाँस्यव्यंग्यका प्रखर लेखक लक्ष्मण गाम्नागेद्वारा लिखित सामाजिक उपन्यास हो ।
हाम्रै बानी व्यहोरा हाम्रै समाजबाट निर्देशित भए गरेका घटनाक्रमलाई आफ्नो लेख्य कौशलद्वारा मिठासपूर्ण उपन्यासको रूप दिन सफल भएकोमा आमपाठक खुशी नहुने कुरै हुँदैन । २३६ पेजमा विस्तारित उपन्यासमा १९ खण्डहरू छन् ।
उपन्यास १० दिनमा लेखिसकिएको र नाम जुराउन १५ दिन लागेको भए तापनि सामान्य क्षमताका अर्थात् मध्यम पठन क्षमता भएका मान्छेलाई पढ्न लगभग २४ घण्टा लाग्छ । भाषा अत्यन्त सरल, सुरुचिपूर्ण खालका चयन गरिएका छन् । लोकल अर्ग्यानिक भाषाको कमी पनि छैन । उपन्यासका यथा प्रसंग कथा वस्तुलाई पूर्णता दिन चिठी पत्रको सहारा पनि लिइएको छ ।
देशमा लोकतन्त्र नभएको परिदृश्यका लागि नै लेखकले ध्रुवलाई शहीद बनाएका छन् । कि उर्मिलालाई हण्डर खुवाउन पो हो कि ? ध्रुव मारिए । उर्मिलाले पाएको दुःखको तुलनामा सहदेवको दुःख नगण्य लाग्छ । एउटी टुहुरी उर्मिलालाई सानैदेखि कतिसम्म दुःखकष्ट भोग्नु पर्दाे रहेछ र पनि महिला खुशी बाँड्न छोड्दैनन् । हजार हण्डर सहन पनि सक्नुपर्छ । हिम्मत हार्नु हुँदैन र अबोध गर्भलाई समेत अन्याय गर्नु हुँदैन भन्ने सन्देश उपन्यासले दिन सफल छ । उपन्यासमा महिला पात्रहरू निकै सशक्त रूपमा प्रस्तुत भएका छन् ।
उपन्यासको पूर्व पाइलामा पात्रको पुस्ट्याइँ छ, जुन अत्यन्त व्यंग्यपूर्ण ढंगले प्रस्तुत गरिएको छ । दोस्रोमा जागिरको रन्को दशतिर फन्को भएझैं भएको छ । एसएलसी दिन इलाम आएकी उर्मिलासँगको लघु प्रेमप्रसंगले कौतुहलतालाई जगाइराख्छ । भुँडी र भकारो खण्डले अलि बढी हँसाएको तुलनामा अन्यत्र हाँस्य प्रसंग नगण्य लाग्छ । विद्यार्थी जीवनका संघर्ष, भाडामा बस्दा घर मालिकको छुद्रपना, अभाव, उकुसमुकुस र अमानवीय व्यवहारलाई उपन्यासमा बारम्बार कोट्याइएको छ । जसले काठमाडौं शहरको यथार्थ मनोदशा र वस्तुस्थितिको चित्रण गरिएको छ । जुन अत्यन्त सान्दर्भिक र जायज लाग्छन् । बफादार बहिनी कान्ति उपन्यासभरि छाइरहेकी भए, आइरहेकी भए के हुन्थ्यो होला भन्ने कौतुहलताले पाठकलाई पिरोलिरहन्छ ।
गोपिन्द्रेले उर्मिलालाई पाउन मरिहत्ते गरेको थियो । त्यसको विवाह भयो कि भएन ? उर्मिलाको गर्भ कान्छी माइजूको सहयोगी भावना र कंश चरित्रका मामाको गतिविधिले पाठकलाई उपन्यास अझै पढौं पढौं बनाइदिन्छ । उर्मिलाले इलाम छोडेपछि अब के हुन्छ होला ? माइजूको भाइसँग विराटनगरमा भेट हुन्छ कि हुँदैन होला । भेट भइदिए हुने थियो जस्तो लाग्छ । पाठकलाई ध्रुवले उर्मिलाको गर्भ स्वीकार्दा हर्षानुभूति हुन्छ । जसले गर्दा ध्रुव शहीद बन्दा पाठक बेचयन बन्न पुग्छन् भने कान्छी माइजूले ध्रुव र उर्मिलालाई बरमाला पहिर्याइदिँदा पाठकको अधर उज्यालो बन्ने वातावरण तयार हुन्छ । उपन्यासका पात्र र घटनाहरू सँगसँगै पाठकको मनोदशालाई पनि आरोह अवरोह गराउन सक्नु यस उपन्यासको विशेषता रहेको छ ।
सहदेव सरले बीए पास गरेर जागिरको सिलसिलामा अस्थायी शिक्षक बनेर भए पनि धेरै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएका कारणले गाउँमा नाचगान खुशीयाली मनाउँदा गाउने गर्थे –
बोली मीठो मन सारै चाम्रो
सदेव सरले नाचेको क्या राम्रो ।
सहदेव सरले गाउँका विद्यार्थीलाई धेरै माया गरेर पढाउनुको कारणले अथात् धेरै नजिकिँदा ईश्वरा नाम गरेकी कलिली विद्यार्थीले सिंगै सर पाउने आशा पूरा नहुँदा ‘पापी मास्टर थु !’ भन्दै सरापेको बालसुलभ चरित्रलाई पनि उपन्यासमा ज्यादै मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ ।
उर्मिलाको छोराले इन्जिनीयरिङमा डिग्री गर्यो । सहदेवको छोरो बिग्रिएर चौपट । उर्मिलाको छोरो नहकुलले आफ्नो अनुहार सक्कल ध्रुव (पिता) सँग पटक्कै नमिलेपछि आमासँग स्पष्टीकरण माग गर्छ र आमाद्वारा यथार्थताको जानकारी गराउँदा नहकुलद्वारा महान् आमाको घोषणा गर्दा पाठकलाई आफैं आनन्दानुभूति मिल्छ ।
जागिर खाने क्रममा सहकर्मी अर्काकी अधाङ्गिनीसँग नजिकिन खोज्दा गुण्डाले मुण्डा बनाएर सिध्याउँछन् कि भन्ने डरले सहदेवको होस हवास उड्छ । मुटु र फोक्सो बेतोडले कामीको खलाँतीझैं चल्न थाल्छ तथापि धन्न केही नहुँदा पाठकलाई पनि आनन्द आउँछ । प्रेममा बाधा विछोड हुँदा पनि तिर्सना कायमै रहेको हुन्छ ।
उपन्यासको सोह्रौं खण्डमा शेखर भन्ने व्यापारी साथीको पूर्ण सहयोगले सहदेवको विवाह हुनमा ठूलो भूमिका खेल्छ । आम पाठकलाई ढिलो विवाह भएको भन्ने भान मनमा गडिसकेको हुन्छ । तथापि लेखकको चलाखीपनले गर्दा छोरो श्रवणलाई जन्म दिएर सुमित्रालाई मारेर उनका नाममा स्कूलले स्मृतिकोष खडा गरेर अमेरिका गइसकेका हुन्छन् । उपन्यासको सम्पूर्ण कथावस्तु उर्मिलासँगको भेटले सुखद पक्ष साबित हुन सफल छ र आम पाठकमा अमनचयनको वातावरण सिर्जना हुन्छ ।
उपन्यासको सहलेखक तथा नायक सहदेवले आफ्ना जीवनमा आइपरेका बज्रपात तथा रमाइला पक्षलाई पाठकसमक्ष पट्यार नलाग्ने किसिमले प्रस्तुत गरेका छन् । उपन्यासको पूर्वांस नै उपन्यासले दिनुपर्ने अन्त्यांस अगाडि नै राखेर नयाँ शैली र मौलिक पारालाई आख्यानमा भित्र्याउने चलाखी गरेका कारणले नै उपन्यासको अन्त्यावस्था अझै थपेर पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ ।
थपेर पढ्न मिल्थ्यो भने ... ध्रुवलाई पनि जिउँदै राखेर ध्रुव, उर्मिला, नहकुल र सहदेवको संग्राम सिर्जना गरेर कान्छी माइजूलाई डीभी पारेर भए पनि झगडा मिलाउन अमेरिका झिकाउनु हुन्थ्यो । महेश र माइजूलाई चट्ट बिर्सनु हुन्थेन । उर्मिलालाई न्याय दिनु पथ्र्याे । उर्मिला र सहदेवलाई अमेरिकामा एकान्त वार्तालापको अवसर सिर्जना गरेर उर्मिलाले मन माझ्न पाउनु पथ्र्याे । महिलाले पाएको दुःख कष्ट र यावत् ठक्करमा सहदेव मौन रहँदा पुरुषको कठोर मन र छाडापन सधैं जीवित रहन्छ भन्ने सन्देश जान्छ । उपन्यासले समाजलाई के सन्देश दियो पसिनाका पाइला यसमा सफल छ कि छैन पढ्दै जाँदा यसले भाग–२ खोजेको आभास हुन्छ ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...