१० साउन २०८३, आइतबार

नेपालमा कोरोना भाइरसको असर आँकलन गरेभन्दा धेरै हुनसक्छ : प्रधानमन्त्री

मंसिर १३, २०७७
नेपालमा कोरोना भाइरसको असर आँकलन गरेभन्दा धेरै हुनसक्छ : प्रधानमन्त्री

प्रधामन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको असर आँकलन गरे भन्दा धेरै हुने बताएका छन्  ।

उनले कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणको लागि सरकारले सबै प्रयत्न गर्ने समेत बताएका छन् । 

‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’को उद्घाटन गर्दै शनिवार उनले अहिले ५० प्रतिशतको हाराहारी युवा नवप्रबद्र्धनमा लागेको भन्दै यसले डिजिटल इकोनोमीलाई अझ प्रभावकारी बनाउन सकिने बताए । 

कोरोना नियन्त्रणको लागि लगाएको बाध्यात्मक बन्दा बन्दीले भौतिक सम्पर्कलाई बन्द गर्दा, इ–कमर्श, डिजिटल बैकिङ, इ–लर्निङ, डिजिटल व्यवसाय लगायत कुरा मानिसलाई जोड्ने माध्यम बनेको उनको भनाइ छ । यसले समग्रमा उच्च आर्थिक वृद्धिको सम्भावना रहेको उनले औंल्याए ।

‘नेपालमा डिजिटल क्षेत्रको माध्यमबाट आर्थिक विकासलाई अघि बढाउन सकिन्छ,’ उनले भने । 

विश्वको ध्यान डिजिटल अर्थतन्त्रमा लागेकोले कोरोनाले धेरै मानिसको दुरी बढाएको समयमा डिजिटल भुक्तानी निकै उल्लासमय बनेर आएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्