३० असार २०८३, मंगलबार

मानव अधिकार आयोगले भन्यो, ‘मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण’

कात्तिक २०, २०७४
मानव अधिकार आयोगले भन्यो, ‘मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण’

काठमाडौं, ३१ वैशाख– राष्ट्रिय मानव अधिकार आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गतको मतदान प्रक्रिया अत्यन्त उत्सापूर्ण तरिकाले सम्पन्न भएको बताएको छ ।

मतदान प्रक्रिया सकिएपछि आइतबार साँझ विज्ञप्ती जारी गर्दै आयोगले केही छिटपुट घटनाबाहेक समग्रमा मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।

आज भएको मतदानको लागि आयोगले छुट्टै अनुगमन गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनूप राज शर्मा नेतृत्व सहितको ६ वटा उच्चस्तरीय अनुगमन टोली तथा ३४ वटै जिल्लामा ४२ अनुगमन टोली खटिएको थियो ।

स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका माननीय अध्यक्ष अनूप राज शर्मा नेतृत्व सहितको ६ वटा उच्चस्तरीय अनुगमन टोली तथा ३४ वटै जिल्लामा ४२ अनुगमन टोली खटिएको थियो ।

‘अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार दोलखा जिल्लामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको र केही घाइते भएको तथा काभ्रेपलाञ्चोक जिल्लामा सशस्त्र प्रहरीको गोलीबाट नवराज पाठकको मृत्यु भएको छ । त्यसैगरी चितवन जिल्लामा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवर प्रेमबहादुर रिमालको अज्ञात समूहद्वारा अपहरण भएको पाइएको छ । सिन्धुपाल्चोक, हुम्ला, रामेछाप, डोल्पा, लगायतका जिल्लामा सामान्य झडप भएको र केही ठाउँमा सुरक्षाकर्मीद्वारा हवाइफायर भएको तथा केही स्थानमा विष्फोटक पदार्थ राखेको पाइएतापनि केही समयपश्चात् शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको पाइएको छ,’ आयोगले विज्ञप्ती जारी गर्दै भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्