०८ साउन २०८३, शुक्रबार

नेकपा सचिवालय बैठकको दृष्य– प्रचण्डलाई जवाफ दिन रातो झोला लिएर बैठक स्थलमा ओली

मंसिर १३, २०७७
नेकपा सचिवालय बैठकको दृष्य– प्रचण्डलाई जवाफ दिन रातो झोला लिएर बैठक स्थलमा ओली

पार्टी विवाद जटिल मोडमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लगाएको आरोपको लिखित जवाफ दिँदैछन् ।

प्रचण्डलाई दिने जवाफ लिएर ओली बैठक स्थलमा पुगेका थिए । प्रधानमन्त्री ओलीको टेबलका रातो रंगको क्लियर ब्याग देखिन्छ । अघिल्लो पटकको बैठकमा रातो रंगको ज्याकेटमा देखिएका ओली आज कालो र खरानी रंगको ज्याकेटमा देखिएका छन् । 

यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई ७ बुँदे पत्र र राजनीतिक प्रतिवेदन पेश गरेका थिए । मंसिर ३ गतेको बैठकमा ओलीले प्रचण्डको आरोपको लिखित जवाफ दिने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्