०५ साउन २०८३, मंगलबार

उद्योग वाणिज्य महासंघको निर्वाचन : मतदान सम्पन्न, कसले जित्लान् ?

मंसिर १३, २०७७
उद्योग वाणिज्य महासंघको निर्वाचन : मतदान सम्पन्न, कसले जित्लान् ?

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ ।

महासंघको एसोसियट, वस्तुगत तथा जिल्ला नगर सबैको मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको निर्वाचन बिहान ८ बजेदेखि शुरू भएको थियो ।

बिहान ८ बजेदेखि शुरू भएको मतदान बजे सफलतापूर्वक सम्पन्न भयो,’ प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले लोकान्तरसँग भने ।

महासंघको निर्वाचनमा एसोसियटतर्फ ९ सय मतदाताले मतदान गरेका छन् भने वस्तुगततर्फ कूल १ सय १ मत खसेको छ । यस्तै जिल्ला तथा नगरतर्फ १ सय ५ मत खसेको छ ।

कोरोना महामारीलाई ध्यानमा राख्दै मतदान तीन ठाउँबाट गरिएको थियो ।  एसोसिएट सदस्यहरूका लागि मतदान स्थल कार्की ब्याङ्क्वेट र वस्तुगत समूहका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था गरिएको थियो  । जिल्ला नगर समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको थियो ।

केही बेरमा मतगणना

केही बेरमै मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत न्यौपालेले लोकान्तरलाई बताए ।

उनले भने,‘मतदान सकिन लाग्यो, हामीले साढे ५ बजेतिर बाट नै मतगणना शुरू गर्नेछौं ।’

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।

गोल्छापछिको नेतृत्वमा आफू पुग्नका लागि पनि अहिले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारद्वय किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा छ ।

ढकालको समूहमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् । प्रधानको समूहमा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ छन् ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । 

मंसिर ११ गतेदेखि महासंघको ५४ औं साधारणसभा शुरू भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा साधारण सभा उद्घाटन गरेको थिए ।

salt training

कमेन्ट गर्नुहोस्