२३ असार २०८३, मंगलबार

प्रचण्डलाई ओलीको जवाफ : ‘आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो’

मंसिर १३, २०७७
प्रचण्डलाई ओलीको जवाफ : ‘आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिधा र खुला बहस गर्ने र आवश्यक परे सिधा लडाइँ लड्ने आफ्नो विशेषता भएको दाबी गर्दै छलकपट र दाउपेच आफ्नो स्वभाव नभएको बताएका छन् ।

पार्टीभित्रका समस्याको समाधानका लागि अख्तियार लगाउने जस्ता हतियारको सहारा लिनुपर्ने कमजोर धरातलमा आफू नउभिएको उनको भनाइ छ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि शनिवार सचिवालय बैठकमा लिखित जवाफ पेश गर्दै ओलीले आफ्नै छायाँसँग पनि तर्सिनुपर्ने अवस्थाबाट मुक्त हुन प्रचण्डलाई सुझाव दिएका हुन् । 

‘आरोप लगाउँदै जाँदा तपाईंले ममाथि ‘संकटकाल लगाउन खोजेको’, ‘संसद भंग गर्न खोजेको’, ‘द्वन्द्वकालीन मुद्दाहरू व्युँताउन खोजेको’, ‘अख्तियार लगाउन खोजेको’, नेताहरू ‘लडाउन खोजेको’ आदि फरेब तेस्र्याउनु भएछ । लोकतन्त्र मेरो निष्ठा हो, बाध्यता होइन । विधिको शासन मेरो छनोट हो, ओठेभक्ति होइन । सिधा र खुला बहस अनि आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो । छलकपट र दाउपेच मेरो स्वभाव होइन,’ प्रस्तावको ४८ औं नम्बर बुँदामा ओलीले भनेका छन्, ‘म पार्टीभित्रका समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनुपर्ने कमजोर धरातलमा उभिएको छैन । मैले लडाएर लड्ने त्यति कमजोर हुुनुहुन्छ र हाम्रो पार्टीका नेताहरू ? आफ्नै छायाँसँग पनि तर्सिनुपर्ने अवस्थाबाट मुक्त हुनुहोस् !’

ओलीले आफ्नो विरोध गर्ने नाममा न्यायपालिका जस्तो संवेदनशील संस्थालाई समेत विवादमा मुछ्ने गैरजिम्मेवार काम गरेको आरोप प्रचण्डलाई लगाएका छन् । 

ओलीको प्रस्तावमाथि मंसिर १६ गते सचिवालय बैठकमा छलफल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्