२१ असार २०८३, आइतबार

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ को मृत्यु, १३ सय ८० संक्रमित

मंसिर १३, २०७७
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ को मृत्यु, १३ सय ८० संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १३ सय ८० मा कोरोना संक्रमित देखिएको जनाएको छ ।

शनिवार एक सूचना जारी गर्दै मन्त्रालयले १३ सय ८० मा संक्रमण देखिएको र ५ सय १५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जनाएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ रहेको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।

कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या अहिलेसम्म १४ सय ५४ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्