१४ असार २०८३, आइतबार

सबैभन्दा बढी मत रसुवामा खस्यो, सबैभन्दा कम रामेछापमा (सूचीसहित)

कात्तिक २०, २०७४
सबैभन्दा बढी मत रसुवामा खस्यो, सबैभन्दा कम रामेछापमा (सूचीसहित)

काठमाडौँ, ३१ वैशाख – पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा आज भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ ।

मतदानको निर्वाचन आयोगमा प्राप्त भएको प्ररम्भिक विवरणअनुसार हिमालपारिको जिल्ला डोल्पामा ८१ प्रतिशत मत खसेको छ ।

त्यस्तै, भक्तपुर र गोरखामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम रामेछापमा ५४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा प्राप्त मत प्रतिशतको प्रारम्भिक विवरण यस प्रकार रहेको छ ।

कहाँ कति मत खस्यो ?
१ दोलखा ६२
२ रामेछाप ५४
३ सिन्धुली ७५
४ काभ्रेपलाञ्चोक ६०
५ सिन्धुपाल्चोक ७०
६ रसुवा ८२
७ नुवाकोट ७०
८ धादिङ ७५
९ चितवन ७०
१० मकवानपुर ७०
११ भक्तपुर ८०
१२ ललितपुर ७५
१३ काठमाडौँै ७५
१४ गोरखा ८०
१५ जाजरकोट ७३
१६ लमजुङ ७१
१७ तनहुँ ७०
१८ कास्की ७५
१९ मनाङ ५८
२० मुस्ताङ ७५
२१ पर्वत ६५
२२ स्याङ्जा ७०
२३ म्याग्दी ६०
२४ बागलुङ ६७
२५ नवलपरासी ७३
२६ सल्यान ७१
२७ डोल्पा ८१
२८ जुम्ला ७०
२९ मुगु ७०
३० हुम्ला ७५
३१ कालीकोट ६०
३२ दैलेख ७०
३३ सुर्खेत ७०
३४ रुकुम ७५

हालसम्म प्राप्त मत खसेको प्रतिशत ७१

salt training

कमेन्ट गर्नुहोस्