नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । एसोसिएटतर्फको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्ष पदको गणना सुरु भएको हो । महासंघको निर्वाचनको सबैभन्दा महत्वपूर्ण र चासोका साथ हेरिएको पद यही हो । वरिष्ठ उपाध्यक्षमा विजयी हुने नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले यो पदलाई महत्वका साथ हेर्ने गरिएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा रहेको छ।