काठमाडौं, ३१ वैशाख –तनहुँको व्यास नगरपालिकाको भादगाउँमा कलाकार विक्रम परियारको हत्या भएको छ । उनीसँगै रहेका अर्का युवकलाई घाईते अवस्थामा भेटिएको छ ।

हत्या किन र कसरी भयो भन्नेबारे विस्तृत जानकारी भने प्राप्त हुन सकेको छैन । आइतवार मतदान गरेर घुम्न निस्केका परियारलाई केही युवाहरूको समूहले हत्या गरेको जनाइएको छ ।
काठमाडौंमा रही नाटक तथा अभिनयमा सक्रिय परियार चलचित्र बधशाला, टलकजंग भर्सेस टुल्के लगायतका चलचित्रमा अभिनय गरेका थिए । नाटक तथा संगीत पढाउने विक्रम केही विद्यालयमा नाटक विषय पढाउँदै समेत आएका थिए । लामो समय काठमाडौं बस्दै आएका उनी निर्वाचनकै लागि गाउँ गएका थिए ।