१९ असार २०८३, शुक्रबार

भोट हाल्न गाउँ गएका कलाकार विक्रमको हत्या

कात्तिक २०, २०७४
भोट हाल्न गाउँ गएका कलाकार विक्रमको हत्या
काठमाडौं, ३१ वैशाख –तनहुँको व्यास नगरपालिकाको भादगाउँमा कलाकार विक्रम परियारको हत्या भएको छ । उनीसँगै रहेका अर्का युवकलाई घाईते अवस्थामा भेटिएको छ ।

हत्या किन र कसरी भयो भन्नेबारे विस्तृत जानकारी भने प्राप्त हुन सकेको छैन । आइतवार मतदान गरेर घुम्न निस्केका परियारलाई केही युवाहरूको समूहले हत्या गरेको जनाइएको छ ।

काठमाडौंमा रही नाटक तथा अभिनयमा सक्रिय परियार चलचित्र बधशाला, टलकजंग भर्सेस टुल्के लगायतका चलचित्रमा अभिनय गरेका थिए । नाटक तथा  संगीत पढाउने विक्रम केही विद्यालयमा नाटक विषय पढाउँदै समेत आएका थिए । लामो समय काठमाडौं बस्दै आएका उनी निर्वाचनकै लागि गाउँ गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्