२३ असार २०८३, मंगलबार

५७५ करोड रुपैयाँमा बिक्यो यो दुर्लभ हीरा

मंसिर २०, २०७७
५७५ करोड रुपैयाँमा बिक्यो यो दुर्लभ हीरा

दुर्लभ पिंक लिगेसी हीरा कीर्तिमान पाँच करोड डलर अथाएत् ५७५ करोड डलरमा बिकेको छ । 

कुनै पनि पिंक लिगेसी हीराका लागि यो अहिलेसम्मको सबभन्दा ठूलो रकम हो । पिंक लिगेसी हीरा १९ क्यारेटको छ । अर्थात् यो प्रतिक्यारेट १९ करोड रुपैयाँभन्दा बढीमा बिक्यो । 

अमेरिकाको विलासी गहना फर्म ह्यारी विन्स्टनले यसलाई किनेको हो । जेनेभा गहना व्यापार उत्सवमा क्रिस्टिज अक्सन हाउसले यसलाई मंगलवार लिलामी गरेको हो । 

यसअघि सन् २०१७ मा १५ क्यारेटको पिंक प्रोमिस हीरा ३८० करोड रुपैयाँमा लिलामबिक्री भएको थियो । 

पिंक लिगेसी किन्ने ह्यारी विन्स्टन ज्वेलरीले यसको नाम परिवर्तन गरेर द विन्स्टन पिंक लिगेसी राख्नेछ । ह्यारी विन्स्टन हीराका गहना र विलासी घडीको व्यापार गर्ने प्रसिद्ध अमेरिकी कम्पनी हो । 

क्रिस्टिज अक्सन हाउसका अनुसार, पिंक लिगेसी हीराका लागि फोनमा पाँचजनाले बोली लगाएका थिए । तर ह्यारी विन्स्टन सफल रह्यो । लिलामीमा ह्यारीको प्रतिनिधि उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्