![खुसी हुन केही चाहिँदैन, बाँदरको यो स्टन्ट हेरे पुग्छ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/monkey_3SpS4SzJdW.jpg)
बुढापाकाहरू भन्ने गर्छन् - बाँदर जतिसुकै बुढो होस्, उफ्रिन छाड्दैन । त्यस्तै भएको छ ।
सामाजिक सञ्जालमा आजकल एउटा बाँदरको भिडियो निकै भाइरल भएको छ । खुसीका कारण बाँदरले ६ पटकसम्म उफ्रेर फ्लिप गरेको छ ।
बाँदरको यस्तो स्टन्ट देखेर सामाजिक सञ्जाल फेसबूक र ट्वीटर प्रयोगकर्ताहरूले तारिफसमेत गरेका छन् ।
यो भिडियो भारतका वन सेवा अधिकारी सुशान्त नन्दाले ट्वीटरमा शेयर गरेका थिए । उनले क्याप्सन लेखेका छन्, 'बिनाकारण खुसी हुनुको मजा अर्कै छ । दुखको कारण त जिन्दगीमा धेरै छन् ।'
यो भिडियोमा बाँदरले ६ पटकसम्म उफ्रेर फ्लिप गरेको छ । बाँदरको स्फूर्ति देख्न लायक छ । भिडियोमा देख्न सकिन्छ कि बाँदर ६ पटक फ्लिप गर्दै जमिनमा उभिएको छ ।
यस भिडियोलाई अहिलेसम्म २७ हजार भन्दा बढीले हेरिसकेका छन् । २८ सय भन्दा बढीले यसलाई लाइक गरेका छन् भने ३ सय ९५ पटक यसको रिट्वीट गरिएको छ ।
एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन् - बाँदरको यस कलालाई मान्नुपर्छ । अर्काले लेखेका छन् - यो पोस्ट हेरेपछि मेरो अनुहारमा खुसी छाएको छ ।
बेवजह खुश रहने का मज़ा ही कुछ और है।
— Susanta Nanda (@susantananda3) November 20, 2020
उदासियों की वजह तो बहुत है ज़िन्दगी में.. pic.twitter.com/vCoSDHssxV