०९ साउन २०८३, शनिबार

चीनले उत्तर कोरियालाई दियो कोभिडविरुद्ध आफूले बनाइरहेको खोप

मंसिर १६, २०७७
चीनले उत्तर कोरियालाई दियो कोभिडविरुद्ध आफूले बनाइरहेको खोप

चीनले उत्तर कोरियाका नेता किम जोङ उन तथा उनको परिवारलाई परीक्षणमा रहेको कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराएको एक अमेरिकी विश्लेषकले मंगलवार बताएका छन् । उनले जापानका दुई गुप्तचर स्रोतलाई उल्लेख गर्दै यो कुरा बताएका हुन् । 
 

वाशिङटनमा रहेको थिंकट्यांक सेन्टर फर नेसनल इन्टरेस्टमा उत्तर कोरियाविज्ञ ह्यारी काजियानिसले किम परिवार तथा वरिष्ठ अधिकारीहरूलाई खोप लगाइसकिएको बताए । 

कुन कम्पनीले परीक्षणमा रहेको खोप उपलब्ध गराएको हो र यो सुरक्षित छ कि छैन भन्ने स्पष्ट छैन । 

‘किम जोङ उनले अन्य शीर्ष अधिकारीहरूलाई गएको दुईदेखि तीन हप्तामा कोरोनोभाइरसको खोप दिइएको छ । चीन सरकारले परीक्षण गरिरहेको खोप उपलब्ध गराएको हो,’ काजियानिसले अन्लाइन पत्रिका नाइन्टीनफोर्टीफाइभमा लेखे । 
 

सिनोभ्याक बायोटेक लिमिटेड, क्यानसिनोबायो र सिनोफ्राम ग्रूप लगायतका चिनियाँ कम्पनीले कोरोनाको खोप बनाइरहेको अमेरिकी वैज्ञानिक पिटर जे होटेजले बताएको भनी काजियानिसले उद्धृत गरेका छन् । 

उत्तर कोरियाले देशमा एउटा पनि संक्रमण नरहेको भने पनि दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले चीनसँग उत्तरको व्यापारिक तथा जानसांख्यिक सम्बन्ध रहेकाले संक्रमण फैलिएको हुनसक्ने बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्