०८ असार २०८३, सोमबार

रेस कार दुर्घटनामा परेपछि भयो दुई टुक्रा, लाग्यो आगो

मंसिर १६, २०७७
रेस कार दुर्घटनामा परेपछि भयो दुई टुक्रा, लाग्यो आगो

फर्मुला वान कार रेस चलिरहेको बेलामा एक कार दुर्घटनामा परेर दुई टुक्रा भएको छ अनि त्यसमा भयानक आगलागी भएको छ । 

तर कारचालकलाई अलिअलि पोलेबाहेक अन्य कुनै चोटपटक लागेको छैन । 

घटना आइतवार बहराइनमा आयोजित रेसको क्रममा भएको हो । 

फ्रान्सका रेसिङ ड्राइभर रोम्यान ग्रसजीनको कार ट्य्राकबाट अलिक पर पुगेर आगलागी भएको थियो । दुर्घटनामा उनको हात र गोडा अलिकति डढ्यो । 

उनको कार ट्य्राकबाट चिप्लेर सेफ्टी ब्यारियरमा ठोकिएको थियो । घटना भएलगत्तै रेस रोकिएको थियो । 

तत्कालै उद्धार टोली घटनास्थलमा पुग्यो र रोम्यानलाई आगोको मुश्लोबाट निकाल्यो । 

ठोकिएपछि कार दुई टुक्रा भएकाले रोम्यानलाई बाहिर निसकन सजिलो भयो । 

उनको कार कसरी स्टीलको घेरालाई तोडेर पर पुग्न सक्यो भनी प्रश्न उठिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्