२७ जेठ २०८३, बुधबार

हुण्डाईका गाडी अनलाइनबाटै खरिद गर्ने सकिने

मंसिर १६, २०७७
हुण्डाईका गाडी अनलाइनबाटै खरिद गर्ने सकिने

हुण्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अनलाइनबाट गाडी खरिद गर्ने सुविधा ल्याएको छ।

कम्पनीको आधिकारिक वेवसाइटबाट क्लिक टु वाइ सेवा सुरु गरेको हो। कोभिड-१९ को सावधानी अपनाउन कम्पनीले यो सेवा सुरु गरेको हो। ग्राहकले अनलाइनबाट गाडी किनेमा छुट समेत दिने कम्पनीले छ।

कम्पनीले अनलाइनबाट गाडी खरीद गरेमा १० हजार रुपैयाँको सर्भिस भौचर समेत दिने जनाएको छ।

ग्राहकले सर्भिस भौचर हुण्डाईको नेपालभरि रहेका कुनै पनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर्स पार्ट्स र ल्यूब्रिकेन्टस् खरीद गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो भौचरको गाडी डेलिभरी गरेको मितिबाट एक वर्ष रहने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्