२७ जेठ २०८३, बुधबार

नेपालमा १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण

मंसिर १६, २०७७
नेपालमा १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण

आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण गरिएको छ ।       

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार ६३३ सक्रिय सङ्क्रमित  रहेका छन् ।    

काठमाडौँ उपत्यकामा थप ५३० कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २९० पुरुष र २४० महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ६५६ पुगेको छ ।

आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४०९, ललितपुरका ८५ तथा भक्तपुरका ३६ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्