१३ असार २०८३, शनिबार

प्रदेश १ मा थप १७९ जना कोरोना सङ्क्रमित

मंसिर १६, २०७७
प्रदेश १ मा थप १७९ जना कोरोना सङ्क्रमित

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ८३५ जनाको पिसीआर परीक्षण गरिएकामा ५५ महिलासहित १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ५३ मध्ये विराटनगरमा ४०, सुनसरीका ३८, झापाका ६२, इलामका १०, पाँचथर र तेह्रथुमका दुई÷दुई, ताप्लेजुङ, उदयपुर र धनकुटाका एक÷एक तथा प्रदेश बाहिरका नौ जना   छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । प्रदेशमा आज ९२  सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार ३७७  पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार २६१ जनाको पिसीआर परीक्षण  गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्