२४ असार २०८३, बुधबार

नेकपा बैठक आज पनि बस्ने, ओली सहभागी नहुने

मंसिर १७, २०७७
नेकपा बैठक आज पनि बस्ने, ओली सहभागी नहुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार पनि बस्दैछ । मंगलबार सामान्य छलफलका साथै नेताहरुबीच आरोप प्रत्यारोपमा टुंगिएको बैठक बुधबार पनि बस्न लागेको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताउँदै अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल सुरु हुने जानकारी दिए ।
तर आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने बुझिएको छ ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिँदै त्यसमाथि छलफल नै हुन नसक्ने बताउँदै आएका छन् । यही विषयमा ओली र प्रचण्डबीच मंगलबारको बैठकमा भनाभन नै भएको थियो । भनाभनका क्रममा ओलीले बुधबारको बैठकमा आफू सहभागी नहुने बताएका छन् ।

कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न प्रश्नको वर्षा गर्दै प्रस्ताव पेश गरेका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गतेको बैठकमा आफ्नो प्रस्ताव ल्याएका थिए । दुबै प्रस्ताव एकअर्काको आलोचना गर्नमै केन्द्रीत रहेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्