×

NMB BANK
NIC ASIA

यी २ मन्त्रीको अनौठो हर्कत : ५ वर्षअघि निर्माण भएको सडक तामझामसहित पुनः शिलान्यास

मंसिर १७, २०७७

NTC
Premier Steels

पाँच वर्षअघि निर्माण भएको कैलालीको लम्की–टीकापुर–खर्कौला सडक स्तरोन्नति लागि शिलान्यास गरियो । 

Muktinath Bank

हुलाकी सडकअन्तर्गत रहेको उक्त सडक खण्डको स्तरोन्नतिका लागि संघीय सरकारका दुई मन्त्रीले निकै तामझामका साथ शिलान्यास गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको स्वागतका लागि नेकपा कैलालीको टोली सुदूरपश्चिम प्रवेशद्वार कर्णाली पुग्यो ।


Advertisment
Nabil box
Kumari

कोरोना कहर बढ्दै गइरहेको अवस्थामा पनि त्यसको बेवास्ता गर्दै नेता तथा कार्यकर्ता र स्थानीय नागरिकहरू त्यसपछि लम्की बजारमा जम्मा भए ।

Vianet communication

न मास्कको प्रयोग न सामाजिक दुरी सबै कार्यक्रम स्थलमा सयौंको संख्यामा सहभागीहरू थिए । त्यसको केही समयमै मन्त्रीद्वय भट्ट र नेम्वाङले संयुक्त रूपमा सडकको शिलान्यास गरे । 

५ वर्षअघि निर्माण भएको सडक फेरि शिलान्यास 

भारत सरकारको सहयोगमा लम्की–टीकापुर–खर्कौला सडक खण्ड निर्माण भई २०७३ माघ ४ गते यसअघि सडक उद्घाटन भइसकेको थियो । सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले विरोधस्वरूप सडकमै रोपाइँ गरेका थिए ।

‘सो सडक खण्ड निर्माण सम्पन्न भएको वर्ष दिन नपुग्दै कालोपत्रे उप्किएर बिग्रिएपछि हाल सडकको स्तरोन्नति र फेरि कालोपत्रे गरिने भएको हो,’ हुलाकी सडक निर्देशनालयका  निर्देशक रोहित विश्रामले भने, ‘सवारीको चाप बढेसँगै सडक फराकिलो बनाउन नेपाल सरकारको १ अर्ब १४ करोड ३९ लाख रूपैयाँको लागतमा सडक निर्माणको काम शुरू गरिएको हो।’ 

‘हुलाकी राजमार्ग अन्तर्गतको लम्की–टीकापुर–खर्कौला सडकको लम्बाइ २९ दशमलव ७ किलोमिटर रहेकोमा हुलाकी सडक निर्देशनालयले २७ दशमलव ७ किलोमिटर र २ किलोमिटर शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्न लागेको हो,’ उनले थपे, ‘स्तरोन्नति गरिने सडक १२ मिटर चौडाइको दुई लेनको हुनेछ, जसमा २७ दशमलव ७ किलोमिटरअन्तर्गत ६ दशमलव ३ किलोमिटर सडक चार लेनको र बाँकी २१ दशमलव चार किलोमिटर सडक खण्ड दुई लेनको निमार्णका लागि काम शुरू भएको हो ।’

सडक निर्माण कार्य सम्झौता भएको ३० महिनामा सम्पन्न गर्ने गरी ३ वटा निमार्ण कम्पनीसँग निर्माण सम्झौता भइसकेको आयोजनाले जनाएको छ । 

जनता भन्छन्, झुक्याउने मात्र काम नहोस्

कालोपत्रे र स्तरोन्नति भन्दै धुमधामका साथ गरिएको शिलान्यासले जनता झुक्याउने काम मात्रै नगरी समयमै सम्पन्न गर्न स्थानीयले आग्रह गरेका छन् । 

‘यो सडक पाँच वर्षअघि भारत सरकारको लगानीमा निर्माण भएको थियो’, लम्कीचुहा नगरपालिका १ का लालमणि देवकोटाले भने, ‘तर त्यो सडक एक वर्ष नबित्दै भत्कियो । त्यसपछि सवारी दुर्घटनामा परी धेरैले ज्यान गुमाए ।’ 
‘पहिलोपटक सडक निर्माण भएपछि हामी निकै हर्षित थियौं तर त्यो खुसी एक वर्ष पनि टिक्न सकेन,’ उनले थपे, ‘हामीलाई त अझै पनि विश्वास छैन। यो सडक समयमै बन्छ भन्ने राजनीतिक दलहरूको पनि विश्वास नै लाग्न छाडिसक्यो।’ 

‘हामीलाई झुक्याउने मात्र काम नहोस्,’ जानकी गाउँपालिका ३ का भक्तप्रसाद खनालले भने, ‘पाँच वर्षसम्म हामीले निकै समस्या भोग्यौं अहिले फेरि केही आशा पलाएको छ, फेरि हामीलाई निराश नपार्ने गरी काम हुनुपर्छ ।’
‘सडक बन्नु त निकै खुशीको कुरा हो तर विगतकै परिपाटी दोहोरिनुहुँदैन,’ स्थानीय वीरेन्द्र चौधरीले भने, ‘यो ठेक्कापट्टा कसको हो ? कहीँ पनि बोर्ड टाँसिएको देखिएको छैन । तत्काल सबै नागरिकलाई यसबारे पनि जानकारी गराइयोस् ।’ 

‘सडक पहिला पनि कालोपत्रे नभएको हैन तर वर्ष दिन पनि टिकेन’, लम्कीका स्थानीय पदम पाण्डेले भने, ‘मापदण्डमा टेकेर गुणस्तरीय सामग्रीको प्रयोग गरी सडक निर्माण गरिनुपर्छ । पहिलाको जस्तो ८ मिटर भनेर ४ मिटर बाटो पिच गर्ने त्यस्तो नहोस् ।’ 

‘यो सडक बन्ने भन्दा निकै खुशी छौं तर बन्ने नै हो भन्ने विश्वासचाहिँ अझै लागेको छैन । साँच्चै सडक बन्ने नै हो भने त यस क्षेत्रको आर्थिक विकासले पनि फड्को मार्ने थियो,’ टीकापुरका स्थानीय गौरी बोहराले भनिन्, ‘हामीलाई झुक्याउने मात्र काम नहोस् । यसका लागी ठेकेदार कम्पनीहरूलाई पनि झक्झक्याउन आवश्यक छ ।’ 

भौतिक पूर्वाधार मन्त्री भन्छन्, ‘समयावधि अगावै निर्माण सक्न खबरदारी गरौँ’

३० महिनाभित्रै सडकको निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको छ । 

सडकको शिलान्यास गर्न लम्की पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले सडक समयावधिभन्दा अघि नै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।

‘३० महिनाको समयावधि तोकिएको छ,’ उनले भने, ‘१५ महिनामै काम सकियोस्, यसका लागि सबैले खबरदारी गरौँ।’

‘सडक शिलान्यास गर्ने र समयमा कहिल्यै नबन्ने परिपाटी दोहोरिन नदिन निर्माण कम्पनीसँगै आयोजनाका पदाधिकारी पनि सक्रियताका साथ लाग्नुपर्छ, नत्र भने भने भाषण गरेअनुसार समृद्धिको यात्रा बीचमै रोकिन सक्ने’ स्थानीयहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x