०५ असार २०८३, शुक्रबार

७५ हजार घुससहित इन्जिनियर पक्राउ

मंसिर १७, २०७७
७५ हजार घुससहित इन्जिनियर पक्राउ

घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेललाई सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदालिँदै अख्तियारको टोलीले समातेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकालबाट खटिएको टोलीले इन्जिनियर पौडेललाई घुससहित पक्राउ गरेको आयोगले जानकारी दिएको छ ।

उनले होटल व्यवसाय गर्दै आएका नारायण प्रसाद भट्टराईमार्फत घुसरकम लिन लगाएको अवस्थामा भट्टराई र पौडेल दुवैलाई नियन्त्रणमा लिइएको हो । 

अख्तियारका अनुसार पौडेल बेलकोटगढी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर हुन् ।

खानेपानी आयोजनाको अन्तिम बजेट निकाशा गरिदिएवापत र निर्माण सम्पन्न गरेको घरको निर्माण इजाजतपत्र दिएवापत घुस मागेको अख्तियारले जनाएको छ । उनीविरुद्ध बुधबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्