२९ जेठ २०८३, शुक्रबार

सिमकोट विमानस्थलको क्वाटरमा आगलागी, दुई घण्टापछि नियन्त्रणमा ल्याइयो

मंसिर १८, २०७७
सिमकोट विमानस्थलको क्वाटरमा आगलागी, दुई घण्टापछि नियन्त्रणमा ल्याइयो
आगलागीबाट क्षति भएको विमानस्थल क्वाटर, आगो नियन्त्रणमा ल्याउँदै सुरक्षाकर्मी

विद्युतको तार सर्ट हुँदा हुम्लाको सिमकोट विमानस्थल क्वाटरमा आगलागी भएको छ । बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा ल्याएको छ । 

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ५० बढी सुरक्षाकर्मी, स्थानीय र जिल्ला वनका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

चिसोले पानी जमेका कारण सममै आगो नियन्त्रणमा लिन नसकिएको प्रहरीले बताएको छ । 

कार्यालयमा बालिएको हिटर र विद्युतको तार सर्ट भएपछि आगालागी भएको सिमकोट विमानस्थलले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले आगो नियन्त्रणमा लिने क्रममा प्रहरी जवान गणेश सुइयाल घाइते भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्