कोरोना भ्याक्सिनका लागि अपराधिक संगठनबाट हमला हुनसक्ने इन्टरपोलले चेतावनी दिएको छ ।
भ्याक्सिन बजारमा आउने पक्का भएपछि यसको चोरी तथा अनलाइनमार्फत सूचना लिनका लागि हमला हुनसक्ने भन्दै सबै देशहरूलाई सजक रहन पनि इन्टरपोलले सचेत गराएको छ ।
उनले आफ्ना १९४ सदस्य देशका एजेन्सीलाई हाइ अलर्डमा रहनका लागि पनि अनुरोध गरेको छ ।
यसमा भनिएको छ, ‘सबै देश संगठित अपराधिक संगठनबाट सचेत रहन अनुरोध गरिन्छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई निशाना बनाउनेतर्फ सबै सावधान हुन जरुरी छ ।’
विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाविरुद्ध भ्याक्सिन बनेको जानकारी आएसँगै यसमाथि हमला हुने पनि खतरा बढेको इन्टरपोलले जनाएको छ ।
उसले अघि भनेको छ, ‘यो हमला अनलाइनमार्फत पनि हुनसक्छ । भ्याक्सिनको जानकारी चोरी गर्ने उदेश्यका साथ यस्तो हमला हुनसक्छ । सबैले सुरक्षा सतर्कता बढाउन आवश्यक छ ।’