जाजरकोट, १ जेठ– जाजरकोटको शिवालय गाउँपालिका–१ मा अध्यक्षसहित माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ ।
शिवालय गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादीका मानबहादुर पुनको प्यानल बिजयी भएको हो ।
अध्यक्ष मानवहादुर पुन २६९ मतसहित अध्यक्षमा विजयी भएका हुन् । यस्तै महिला सदस्या रामसरी रानाले २४७, भद्री दमाईले २६०, कृष्णा रानाले २६१ र चन्द्र वहादुर पुनले २७० मत प्राप्त गरेका छन् ।