
रेट्रो अंग्रेजी सांगितिक प्रतियोगिता, द स्ट्रिङ को अन्त्य संगै विजयी प्रतियोगीको नाम घोषणा गरिएको छ ।
कार्यक्रमको ग्रान्ड फिनाले प्रतियोगीहरुको प्रदर्शन सहित मनोरन्जनात्मक खुराक प्रस्तुत गरियो जसका निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोंना अमात्य रहेका थिए। विवेक सिंह ठकुरी कार्यक्रमका एकल होस्ट थिए।
विजेताको छनोटको आधार दर्शकहरुको भोट्स रहेको थियो र दर्शकहरु कसलाई विजयी बनाउने भन्ने बारे चयन गर्न पाउँथे । द स्ट्रिङ विजयीको घोषणा मंगलबार गरिएको थियो ।
द स्ट्रिङ को पहिलो सिजनको एतिहासिक विजयी शिवना श्रेष्ठले ट्रोफि र नाम दुबै हासिल गरिन्। त्यसमा तुशिता मास्के दोस्रो र स्वोर्निम श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भए।
पुरस्कारको विषयमा भन्नु पर्दा पहिलो विजेता नगद १ लाख, २ रात/ ३ दिनको होटेल रेनफोरेस्ट, सौराहा, चितवनमा स्टे, दोस्रो विजेताले नगद ५० हजार र २ रात/ ३ दिनको होटेल पार्कल्याण्ड, सौराहा, चितवनमा स्टे र तेस्रो विजेताले नगद २५ हजार र चन्द्रागिरी हिल्स रिसोर्ट, चन्द्रागिरीमा २ रात/३ दिनको स्टे प्राप्त गरेका छन्। यस बाहेक डीसहोमको वार्षिक जडान र अन्य आकर्षक उपहारहरु समेत प्राप्त विजयी प्रतियोगीहरुले प्राप्त गरेका छन्।
ग्रान्ड फिनालेको प्रशारण बुधबार साँझ ८.३० मा डीसहोमको रियालिटी टिभीमा गरिनेछ ।
कार्यक्रममा पेम्बा लेप्चा र भुषण श्रेष्ठको विशेष प्रश्तुतिले दर्शकहरुलाई पुराना यादहरुसंग जोडेको थियो ।