१२ असार २०८३, शुक्रबार

मुस्ताङका तीन तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा

मंसिर १८, २०७७
मुस्ताङका तीन तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा

उपल्लो मुस्ताङका दुई स्थानीय तहमा अस्थायी कोरोना अस्पताल स्थापना भएका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बिहीबार अस्पतालको उद्घाटन गरिएको हो । 

लोमान्थाङ र लोघेकर  दामोदरकुण्डले कोरोनाका संक्रमित तथा लक्षण देखिएकाको उपचार र व्यवस्थापन गर्न अस्पताल सञ्चालनमा ल्याएको बताएका छन् । यस्तै थासाङ गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको छ । 

स्थापना भएका अस्थायी अस्पतालको थासाङमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, लोघेकरमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङ र लोमान्थाङमा गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टले उद्घाटन गरेका हुन् । 

कोरानाका बिरामीको उचारमा सहजता ल्याउनका लागि मुस्ताङका तीनै तहले अस्थायी रुपमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । 

सरकारी स्वास्थ्य संख्या नभएका स्थानीय तहका लागि सरकारले ५ बेडको कोभिड अस्पताल बनाउन १० लाख रुपैयाँ सम्बन्धित तहललाई उपलब्ध गराएको छ । उक्त बजेटक खर्चेर अस्थायी अस्पताल सञ्चालनमा ल्याएको लोमान्थाङ गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टले जानकारी दिए । 

अस्पतालका लागि आवश्यक सबै सामग्री खरिद गरिसकेको उनको भनाइ छ । तत्काल गाउँपालिकाकै स्वास्थ्यकर्मीलाई परिचालन गर्ने तयारी गरिएको छ ।  स्थानीय तहमा ५ बेडको कोरोना अस्थायी अस्पतालमा एक जना मेडिकल अफिसर , २ जना स्टाप नर्स र १ जना कार्यालय सहयोगी गरि ४ जनाको जनशक्ति तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्