रुकुम, १ जेठ– आइतवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत रुकुमको मुसीकोट नगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार मेयर पदमा नेपाली काग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसीले ३ सय ४२, नेकपा एमालेका बिमलकुमार पुनले २ सय ६० र माओवादी केन्द्रका देवीलाल गौतमले १ सय ८ मत प्राप्त गरेका छन् ।