१३ असार २०८३, शनिबार

१९८ कर्मचारीले जनही ५५ लाख रुपैयाँ बोनस पाएपछि रुन थाले

मंसिर १९, २०७७
१९८ कर्मचारीले जनही ५५ लाख रुपैयाँ बोनस पाएपछि रुन थाले

अमेरिकाको बाल्टिमोरमा रहेको सेन्ट जोन प्रोपर्टीज नामक घरजग्गा कम्पनीले आफ्ना सबै १९८ कर्मचारीलाई लगभग ५५ लाख रुपैयाँको बोनस दिएको छ । उसले बोनसकै लागि भनी एक अर्ब रुपैयाँ खर्च गरेको छ ।

बोनसको चेक पाएपछि कर्मचारीहरू छक्क परे अनि कतिपय त रुन थाले ।
 
क्रिसमसको बिदा शुरू हुन लागेको बेलामा पार्टी आयोजना गरेर बोनसको घोषणा गरिएको हो ।

स्टाफहरूलाई कार्यकालको हिसाबमा बोनस दिइएको तर धेरैजसो ५५ लाख रुपैयाँ बोनस पाउने न्युयोर्क पोस्टले खबर दिएको छ ।

कम्पनीले निकै धेरै नाफा कमाएकाले कर्मचारीलाई अतिरिक्त रकम दिएको जनाएको छ ।

अमेरिकाका आठ राज्यमा यस कम्पनीले अफिस, रिटेल स्टोर र गोदामका लागि दुई करोड वर्ग फीटको घर तयार पारेको छ ।

कम्पनीमा विगत १९ वर्षदेखि काम गरिरहेका अकाउन्ट्स स्पेसलिस्ट डेनियल भ्यालेन्जियाले यो जीवन परिवर्तन गर्ने क्षण भएको बताए ।

यो होलिडे बोनस वार्षिक बोनसभन्दा फरक छ ।

बोनसको घोषणा गर्दै कम्पनीका संस्थापक अध्यक्ष एडवर्ड सेन्ट जोनले भने, ‘कम्पनीका लागि लामो समय काम गर्नेहरूलाई केही सार्थक उपहार दिऊँ भनेर यस्तो कदम चालेको हुँ ।’

salt training

कमेन्ट गर्नुहोस्