

काठमाडौं, १ जेठ — स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा रहेको छ ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गोपीलाल स्याङतान २६३ मतका साथ अग्रस्थानमा छन् भने एमाले उम्मेदवार कृष्णमान लामा ११९ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
नेपाली कांग्रेसका राजन घिमिरे ८३ मतका साथ तेस्रो स्थानमा छन् ।
उपाध्यक्षमा पनि माओवादी पहिलो स्थानमा रहेको छ ।