
काठमाडौं, १ जेठ
मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा विजयी हाँसिल गरेको छ । अध्यक्ष र उपाध्यष सहित सबै वडामा एमालेको प्यानलनै विजयी भएको हो ।
एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् ।
कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरिन भने कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरिन ।
त्यहाँको चामे गाउँपालिकामा एमालेका डम्बर बहादुर घले बिजयी भइसकेका छन् ।