११ असार २०८३, बिहीबार

बरुण धवन र नीतु कपुर र निर्देशक राज मेहतालाई संक्रमण

मंसिर २०, २०७७
बरुण धवन र नीतु कपुर र निर्देशक राज मेहतालाई संक्रमण

बलिउड अभिनेता वरुण धवनसहित अभिनेत्री नीतु कपुर र निर्देशक राज मेहतालाई कोरोना संक्रमण भएको छ । तीनै जना फिल्म ‘जुग जुग पजयो’ फिल्म युनिटमा आवद्ध छन् । 

उनीहरु केही दिनअघि मात्रै चण्डीगढमा एक आउटडोर सुटिङका लागि गएका थिए । फिल्मफेयर डटकमको रिपोर्टअनुसार अभिनेता र निर्देशकलाई नै कोरोना भएपछि तत्कालका लागि सुटिङ रोकिएको छ । 

फिल्मका अन्य मुख्य कलाकार अनिल कपुर र कियारा आडवाणीको रिपोर्ट भने नेगेटिभ पाइएको छ । 

जानकारी अनुसार अन्य कुनै पनि सदस्यलाई कोरोना पुष्टि भएको छैन । नोभेम्बरमा सुटिङ शुरु हुनअघि सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्