काठमाडौं, १० पुस – एकानब्बे मानिस सवार एक रुसी सैनिक विमान आइतवार कृष्णसागरमा दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
फाइल फोटोउक्त विमान सोचीस्थित रिजोर्टमा रहेको एड्लर विमानस्थलबाट एकाबिहानै उडान भरेको बीस मिनेटमा सम्पर्कविहीन भएको थियो ।
रुसी रक्षा मन्त्रालयले टु–१५४ विमानमा सैनिक अधिकारीहरू, अलेक्जान्द्रोभ सांगीतिक समूह र संवाददाताहरू सवार थिए ।
विमान सिरियाको लाताकिया प्रान्ततर्फ जाँदैथियो ।
एक उद्धार समूहले कृष्णसागरमा विमानको अवशेष फेला पारेको न्युज एजेन्सीहरूले बताएका छन् ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभका अनुसार विमानमा सवार यात्रुहरू सिरियामा रहेका रुसी सैनिकको नयाँ वर्ष मनोरञ्जनका लागि गएका थिए ।
सिरियाली राष्ट्रपति बशर अल–असदलाई सहायता गर्नका लागि रुसले ‘आतंकवादी समूह’ का विरुद्ध हवाई आक्रमण गरेको थियो ।
रुसी आकाशमै हुँदाखेरी विमान सम्पर्कविहीन भएको थियो ।
बीबीसी