२० असार २०८३, शनिबार

पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार बढी संक्रमित थपिए, ५१२ जनाको मृत्यु

मंसिर २०, २०७७
पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार बढी संक्रमित थपिए, ५१२ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ३६, ६५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म भारतमा जम्मा संक्रमितको ९६ लाख ८ हजार दुई ११ पुगेको छ । 

२४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट भारतमा ५१२ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा एक लाख ३९ हजार ७ सय पुगेको छ केन्द्रीय स्वास्थ्य मन्त्रालय एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

हाल देशमा कोरोनाका चार लाख ९ हजार ६८९ जना रहेका छन् ।  यस्तै, हालसम्म भारतमा कोरोनाबाट ९० लाख ५८ हजार ९११ जना मुक्त भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्