०९ असार २०८३, मंगलबार

नेताहरूलाई सुरक्षा खतराको चर्चाबीच नेकपा मुख्यालय धुम्बाराहीमा सेना-प्रहरीको कडा पहरा

मंसिर २१, २०७७
नेताहरूलाई सुरक्षा खतराको चर्चाबीच नेकपा मुख्यालय धुम्बाराहीमा सेना-प्रहरीको कडा पहरा

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार दिउँसो बस्दैछ । 

नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीले पार्टी कार्यालय परिसरमा सुरक्षा जाँच गरेका छन् । अन्य दिनको तुलनामा धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा सहभागी हुने लोकान्तरलाई जानकारी दिए । यसअघि मंसिर १७ गते पार्टी कार्यालयमै सचिवालय बैठक बस्ने भनिएकोमा सुरक्षाको कारण दर्शाउँदै बालुवाटारमै बसेको थियो ।

स्थायी कमिटी बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका अधिकांश नेताहरू पार्टी कार्यालय पुगिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्