
मान्छेको शोख अचम्मको हुन्छ । आफ्नो शोख पूरा गर्नका लागि मानिस जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् । यस्तै एक उदाहरण तब बने, जब बर्गर खानका लागि उनले सातसय किलोमिटर भन्दा बढी दूरी यात्रा गरे ।
यो घटना रुसको हो । जहाँका अर्बपति व्यापारी भिक्टर मार्टिनोभ र उनकी गर्लफ्रेन्ड बर्गर खानकै लागि निजी हेलिकप्टरबाट सातसय किलोमिटर भन्दा पनि बढी यात्रा तय गरे । खबरअनुसार ३३ वर्षीय मार्टिनोभ क्रिमियाको ब्ल्याक सी रिसोर्ट अलुस्थामा आफ्नो प्रेमिकाका साथ छुट्टी मनाउँदैछन् । यसैबीच उनी त्यहाँको खाना खाँदा खाँदा दिक्क भइसकेका थिए ।
त्यसैबेला उनलाई फास्टफूट म्याक्डोनल्डको बर्गर खाने इच्छा भयो । उनले आफ्नो इच्छा पूरा गर्न हेलिकप्टरमार्फत रुसको क्रासनोडार शहर पुगे । यो शहर क्रिमियाँभन्दा करिब ७२४ किलोटिमर टाढा छ । यहाँ पुग्न भिक्टरलाई करिब हेलिकप्टरमै दुई घण्टा लागेको थियो ।
बर्गर खाएपछि भिक्टर पुनः क्रिमिया फर्किए । क्रिमियामा अमेरिकी प्रतिबन्धका कारण त्यहाँ फास्टफुट चेन म्याक्डोनल्ड राख्न पाइँदैन । यही कारण भिक्टरलाई एक बर्गर खान हेलिकप्टरबाट ७ सय किलोमिटर टाढा पुग्नुपरको हो ।
भिक्टरले आफ्नो बर्गर खाने इच्छा पूरा गर्नका लागि करिब तीन लाख २० हजार नेपाली रुपैयाँ खर्च गरेका छन् । भिक्टरलाई बर्गर खरिद गर्न त ७ हजार ८०८ रुपैयाँ मात्रै खर्च भएको थियो । तर, हेलिकप्टरमा आउन जान करिब तीन लाख बढी रुपैयाँ खर्च भएको हो । यद्दपि उनका लागि यो रकम खासै ठूलो होइन ।