०४ असार २०८३, बिहीबार

अपराधि होइन, सर्प समात्नका माहिर इन्सपेक्टर

मंसिर २०, २०७७
अपराधि होइन, सर्प समात्नका माहिर इन्सपेक्टर

भारतको प्रभापगढस्थित मान्धाता प्रहरी चौकी केही अलग कारणले चर्चित छ । यहाँ पोस्टिङ भएका एक प्रहरी निरीक्षक सर्प समात्नका लागि माहिर छन् । उनले गत सोमबार पनियारी गाउँको एक खेतमा अजिंगर समाते ।

उनले अजिंगरलाई एक बोरामा हालेर प्रहरी चौकीमा लिएर आए । प्रहरी चौकीमा बोरा फुटेपछि अजिंगर बाहिर निस्कन कोशिस गरिरहेको थियो । जसकारण त्यहाँ रहेका अन्य प्रहरी आतंकित बने । 

सुशील नामका प्रहरी निरीक्षकले पुनः अजिंगरलाई समातेर नजिकै रहेको गजहरा वन क्षेत्रमा छाडिदिए । उनले सर्प र अजिंगर समात्नका लागि वन विभागलाई फोन गर्नुको साटो आफूलाई फोन गर्न अनुरोध गरेका छन् । 

उनले भने, ‘म जहाँ जान्छु, त्यहाँ मलाई बोलाइन्छ र म सर्प समात्छु । म सर्प र अजिंगरबाट डराउँदिन । कसरी आफूलाई बचाउनुपर्छ भन्ने मैले जानेको छु । उनलाई कुनै नोक्सानी नदिएरै सर्प समात्न जानेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्