१२ असार २०८३, शुक्रबार

झारखण्डमा दिदीबहिनीले गरे आपसमा विवाह, लेस्बियन हुनमा गर्व भएको दावी

मंसिर २०, २०७७
झारखण्डमा दिदीबहिनीले गरे आपसमा विवाह, लेस्बियन हुनमा गर्व भएको दावी

भारतको झारखण्डको राजधानी राँचीभन्दा करिब १६० किलोमिटर ताढा कोडरमा नातामा दिदीबहिनी पर्नेले पाँच वर्षदेखि प्रेममा छन् । अघिल्लो महिना उनीहरुले आपसमा बिहे गरेका छन् ।

दुवै युवती झुमरीतलैया निवासी हुन् । तर, अहिले उनीहरु कुनै टाढाको शहरमा बस्न चाहान्छन् । ताकि आफूहरुमाथि आउने आरोप र आलोचनाबाट बच्न सकुन् । एक युवतीको उमेर २४ वर्ष हो भने, अर्कीको २० वर्ष हो ।

एकले ग्रेजुयसन गरेकी छन् भने अर्कीले प्लसटुको पढाइ सकेकी छन् । जति मुस्किल आए पनि आफूहरु साथमा रहने उनीहरुले बाचा गरेका छन् ।

आफूहरुलाई लेस्बियन जोडी भन्नुमा कुनै श्रम महशुस नहुने पनि बताएका छन् । आफ्नो सम्बन्धबारे परिवारलाई नबताएरै उनीहरु लिभइन रिलेशनमा बसिरहेका थिए । 

उनीहरुले झुमरी तिलैयाको एक शिव मन्दिरमा बिहे गरेका छन् । कोडर जिल्लामा समलिंगी विवाह भएको यो पहिलो घटना भएको बताइएको छ ।

समलिंगी विवाह कानुनी रुपमा वैध भएको आफूहरुलाई जानकारीमा रहेको बताएका छन् । उनीहरुले अमेरिकाको न्युयोर्कमा रहँदै आएकी अञ्जली चक्रवर्ती  सुफी सन्डल्सको सम्बन्धबाट प्रभावित बनेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्