
ओखरमा शरीरका लागि आवश्यक पर्ने लाभदायक गुण हुन्छ । जो शरीरका लागि धेरै फाइदाजनक हुन्छ । ओखरमा केही भित्री रोगसँग लड्ने र रोगप्रतिरोधात्मक क्षमता बृद्धि गर्ने क्षमता पनि हुन्छ । केही महँगो छ, तर प्राकृतिक उपचारका लागि ओखर उपयुक्त हो ।
यदि छाला फुस्रो हुँदै गएको छ भने, त्यसलाई सही रंग दिन पनि ओखरले राम्रो काम गर्छ । यसलाई निरन्तर सेवन गर्नुले धेरै फाइदा मिल्छ । पछिल्लो समय नेपाली बजारमा पनि ओखरको माग बढेको छ । यसको फाइदाबारे जानकारी पाएपछि अहिले नेपाली बजारमा पनि ओखरको माग बढेको हो।
ओखरमा ओमेगा–३, फ्याट एसिड हुन्छ । अन्य ड्राइफुट्सजस्तै ओखरमा विशेष गुण भनेको सम्झिने क्षमता बढाउनु र मुटुसम्बन्धी समस्याबाट बचाउनु हो । बढ्दो तौल घटाउन पनि ओखर मद्दतगार हुन्छ ।
जो युवती आफ्नो तौल घटाउन चाहन्छिन् उनीहरुका लागि पनि ओखर फाइदाजनक हुनपुग्छ । ओखरमा मेलाटोनिन पाइन्छ । जो निद्राका लागि प्रेरित गर्दछ । जसलाई रातभर निद्रा नआउने समस्या हुन्छ ।
त्यस्ताका लागि पनि ओखर राम्रो उपाय हुनसक्छ । ओखरमा फ्याटीय तत्व हुन्छ । तर यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । जो फाइबर र प्रोटिनका राम्रो स्रोत पनि हो ।
ओखरको बाहिरको कडा पत्रलाई फोडेर भित्रको गुदीको १०.२० ग्रामलाई गाईको दूधमा मिलाएर सेवन गर्नाले शारीरिक अस्वस्थताबाट मुक्ति पाउने विशेषज्ञ बताउँछन् ।